Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काभ्रेमा एमाले नेताहरु चढेको गाडी पल्टियो : ७ जना घाइते


    आइतबार, कार्तिक १२ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामासहित नेताहरु चढेको गाडी ब्रेक फेल भएर काभ्रेको बेथानचोक-१ मा पल्टिएको तथा दुर्घटनामा परेको छ ।

    शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समापन गरी खानिखोला गाउँपालिकाबाट बनेपा तर्फ आउँदै गरेको वा १४ च ७०७७ नम्बरको बोलेर पल्टँदा एमाले नेताहरु घाइते भएका छन् ।

    बेथान्चोक गाउँपालिका वडा नम्वर १ गुवाभन्ज्याङ्गको उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टाएको घाइते संविधान सभा सदस्य रामहरी सुवेदीले बताए ।

    गाडीमा एमाले नेताहरु पूर्व सांसद नविना लामा, एमाले बागमती प्रदेश कमिटी उप सचिव भक्तकुमारी लामा लगायतका नेताहरु थिए ।

    घाइते संविधान सभा सदस्य रामहरी सुवेदीका अनुसार बोलेरोमा १७ जना थिए । ७ जना घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ । स्थानीयहरु, प्रहरी र जनप्रतिनिधिहरुले उद्धार गरी घाईतेहरुलाई अस्पताल पठाएका हुन् । घाईतेहरुलाई बनेपा र धुलिखेल ल्याउने क्रम जारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार