Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ढकालको कैद माफी प्रकरण : भारतीले फेरि सुरु गरिन् अनशन


    आइतबार, कार्तिक १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आफ्ना श्रीमान चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेको अवस्थामा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई पुनः जेलनै पठाउन भन्दै भारती मानन्धरले दसैँ सकिएसँगै पुनः रिले अनशन सुरु गरेकी छन् ।

    नेपालगञ्जकी भारतीले आज (आइतबार)बाट काठमाडौंको माइतीघरमा पुन: रिले अनशन सुरु गरेकी हुन् ।

    भारतीका श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आममाफी दिएका थिए । आममाफीपछि उनले विरोध गर्दै आएकी छन् ।

    २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँकेको नेपालगञ्जका चेतनको हत्या भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार