काठमाडौं । इजरायल प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीचको द्वन्द्वका क्रममा लेबनानमा खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् ।
उक्त द्वन्द्वका क्रममा नेपाली शान्ति सैनिक सामान्य घाइते भएका नेपाली सेनाले जनाएको हो ।
इजरायल–लेबनान सीमाक्षेत्रमा दुई पक्षबीचको आक्रमणका क्रममा एक नेपाली शान्ति सैनिकलाई सामान्य चोट लागेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
यही अक्टोबर २८ तारिख राति १० बजेर २० मिनेट (स्थानीय समय)मा उक्त घटना भएको उनले बताए । दुई पक्षबीचको आक्रमणका क्रममा प्रहार गरिएको सम्भावित ‘मोर्टार सेल’को ‘चोइटा’ले सामान्य चोट लागेको उनको भनाइ छ ।
उनका अनुसार लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको गणमा मोर्टार सेलको ‘चोइटा’ खसेको थियो । सबै शान्ति सैनिक बंकरभित्र बसेका थिए ।
“अक्टोबर २८ को राति १० बजेर २० मिनेट (स्थानीय समय)मा सम्भावित मोर्टार सेल’को चोइटा खस्दा एकजना नेपाली शान्ति सैनिकलाई सामान्य चोट लागेको छ,” सूचना अधिकारी भण्डारीले भने, “शान्ति सैनिक बंकरभित्र थिए । अरू त्यस्तो ठूलो घटना भएको छैन ।”
ती शान्ति सैनिकको परिचय खुलाइएको छैन । शान्ति सैनिककै गणको अस्पतालमा उपचार गर्दा उनको अवस्था खतरामुक्त रहेको नेपाली सेनालाई जानकारी प्राप्त भएको सहायक रथी भण्डारीले बताए । चोट लागेका शान्ति सैनिक त्यहीँको अस्पतालमा उपचाररत रहेको उनले जानकारी दिए ।
उनका अनुसार त्यसक्रममा शान्ति सैनिकका एउटा बंकर र एउटा गाडीमा सामान्य क्षति पुगेको छ । त्यसबाहेक शान्ति सैनिक र गणमा कसैलाई केही नभएको उनले बताए ।
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको...
गोरखामा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो काठमाडौं । गोरखाको चुमनुब्री–१ साम्दोस्थित लार्के बजार नजिकै पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । घटनास्थलमा रहेका स्थानीय...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend