Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस यस्तो छ आजको मौसम


    आइतबार, कार्तिक १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान गरेको छ । सो अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    देशभर चिसो क्रमशः बढ्दो क्रममा छ। विभागका अनुसार आइतबार मनाङको तापक्रम माइनस १ डिग्री मापन भएको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार जोमोममा न्युनतम तापक्रम माइनस २.५ डिग्री थियो। काठमाडौंको न्युनतम तापक्रम शनिबार ११ डिग्री मापन भएको थियो।

    आज बिहान काठमाडौंको तापक्रम १० देखि १२ डिग्रीबीच रहेको थियो।

    चिसो बढेपनि हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

    रातिपनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

    देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा रातिपनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार