Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एशियाकै सबैभन्दा धनी ब्यापारी मुकेश अम्वानीलाई ज्यान मार्ने धम्की, २० करोड भारु माग


    शनिबार, कार्तिक ११ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतीय अरबपति ब्यापारी मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ । भारतको चर्चित ब्यापारीक कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानीलाई एक अज्ञात व्यक्तिले इमेल मार्फत् २० करोड भारतीय रुपैयाँ मागेको र उक्त रकम नदिएमा ज्यान मार्ने धम्की दिएका छन् ।

    ‘यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ दिनुभएन भने हामी तपाईंलाई मार्नेछौँ । हामीसँग भारतमा उत्कृष्ट सूटरहरू छन्’ इमेलमा भनिएको छ । यो धम्की २७ अक्टोबरमा शादाब खान नामका व्यक्तिले पठाएका थिए ।

    समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले गादेवी पुलिस स्टेशनमा आईपीसीको धारा ३८७ र ५०६ (ई) अन्तर्गत मुद्दा दर्ता गरेको छ । अम्बानी भारतका मात्र होइन, एशियाकै सबैभन्दा धनी ब्यक्ति हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार