Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुवा खेलिरहेको अवस्थामा १ लाख ५१ हजार रुपैयाँसहित ६ जना पक्राऊ 


    शनिबार, कार्तिक ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । मोरङ प्रहरीले सुन्दरहरैंचा नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा १ लाख ५१ हजार रुपैयाँसहित ६ जनालाई पक्राउ गरेकाे छ ।

    इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार शुक्रबार राति नगरपालिका १० विराट चौकस्थित सुशीलकुमार काफ्लेको घरमा जुवा खेलिरहेको अवस्थामा ३ बुक ताससहित ३७ वर्षीय काफ्लेसहित ३० वर्षीय सुमन ढकाल, ३४ वर्षीय कृष्णबहादुर कार्की, ३७ वर्षीय भीम कार्की र ४८ वर्षीय सरोज न्यौपाने र केराबारी गाँउपालिकाका ३८ वर्षीय गोविन्द बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    काफ्लेको घरस्थित दोस्रो तल्लामा जुवा खेलिरहेको अवस्थामा उनीहरुको साथबाट प्रहरीले लाख ५१ हजार २ सय २५ रुपैया बरामद गरेको हो ।

    प्रहरीका अनुसार जुवाखालबाट १ हजार रुपैयाको १२९ थान नोटसहित सो रकम बरामद गरेको हो ।

    हाल प्रहरीले पक्राउ परेका ६ जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा थप अनुसन्धानका लागि राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार