Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवैध लागुऔषधसहित ५ जना पक्राउ


    शुक्रबार, कार्तिक १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बर्दिया । मधुवन नगरपालिका-६ गाउँ नम्बर ४ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-७ गाउँ नम्बर ७ बस्ने २३ वर्षीय संदिप नेपाली,सोही नगरपालिका-५ गाउँ नम्बर ८ बस्ने २२ वर्षीय माधव भण्डारी, सोही नगरपालिका-६ गाउँ नम्बर ४ बस्ने गणेश ओली,सोही नगरपालिका-७ बस्ने १८ वर्षीय किशोर र १६ वर्षीय किशोर रहेका छन् ।

    इलाका प्रहरी कार्यालय ढोढरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले संदिप नेपालीलाई ४० मिलिग्राम, माधव भण्डारीलाई ३० मिलिग्राम,गणेश ओलीलाई २ सय मिलिग्राम तथा नगद २४ हजार ४ सय २६ रूपैयाँ र दुईजना किशोरलाई ६० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार