बाँके । हिजो बिहीबार साँझ ६ बजेदेखि बाँकेको कोहलपुर नगरपालिका-२, दीपनगरका कुशल थापाले आफ्नै २० दिनका बच्चालाई बन्धक बनाइरहेका थिए ।साथै उनले खुकुरी बोकेर कोही आए मार्ने धम्की दिइरहेका थिए ।
उद्धार गर्न पटकपटक प्रयास गर्दा पनि केही सीप नलागेपछि परिवारले मध्यराति १२ बजे नजिकै रहेको प्रहरी बिट कौशिलानगरमा खबर गर्यो । बिटका टोलीले थप मद्दत चाहिने भन्दै इलाका प्रहरी कार्यालय, कोहलपुरमा खबर गर्यो ।
त्यसपछि कोहलपुरका डीएसपी सुन्दर तिवारी नेतृत्वको टोली घटनास्थलमा पुग्यो । तिवारीका अनुसार, टोलीले त्यहाँ पुगेर पटकपटक संवाद गर्न खोज्दा उनले मानेनन् ।
‘परिवारका सदस्यले बरु गोली हानेर भए पनि नियन्त्रणमा लिनुपर्ने बताउन थाले, तर हामीले त्यस्तो गर्न मिल्थेन’, तिवारीले सुनाए, ‘नजिक जाने वित्तिकै बच्चा जोखिममा पर्ने स्थिति थियो, अश्रुग्याँस वा अरु कुनै विधिले पनि काम गरिरहेको थिएन ।’
प्रहरीको कमाण्ड सुन्दै नसुनेपछि प्रहरीले ढोका र झ्यालबाट प्रवेश गर्ने नीति लियो । हेलमेट लगाएका प्रहरी टोली दुवैतिर प्रवेश गर्ने तयारी गरिरहेका थिए । त्यहीबेला मध्यराति कुशलले डीएसपी तिवारीलाई छुरा प्रहार गरे ।
‘म झ्यालबाट केही दूरिमै थिए, तर टाढाबाट हानेको छुराले चोट लाग्यो’, उनले भने, ‘झ्यालमा डिस्ट्याक्सन गरेर ढोकाबाट प्रवेश गर्न खोजेका थियौं, त्यसक्रममा यस्तो घटना भएको हो ।’
प्रहरीका अनुसार, उनको हातमा टाँका लगाउनु परेको छ । यसपछि प्रहरी थप आक्रामक भयो । बच्चाको उद्धार गरियो । परिवारसँगको सोधपुछका क्रममा उनले विगतमा पनि यस्ता खाले हर्कत देखाउने गरेको खुल्यो ।
‘पहिले पनि यसरी लखेट्ने गर्थ्यो, हामी भाग्थ्यौं । यसपालिचाहिं बच्चा पनि राखेकाले समस्या भयो भनेर परिवारका अन्य सदस्यहरुले बताउनुभएको छ’, एक प्रहरी अधिकृतले भने, ‘मानसिक रुपमा समस्या हुनसक्ने देखिएपछि उपचारका लागि कोहलपुर मेडिकल अस्पताल पठाएका छौं ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend