Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • ललितपुर महानगरले खोल्यो नगर प्रहरीमा भर्ना


    शुक्रबार, कार्तिक १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । लतिलपुर महानगरपालिकाले नगर प्रहरीमा भर्ना खुला गरेको छ ।

    महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो ।

    आज एक सूचना जारी गर्दै महानगरपालिकाले २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एक/एक जनाका लागि आवेदन आह्वान गरेको हो ।

    यही कात्तिक २४ गतेसम्म महानगरको कार्यालयबाटै र अनलाइनबाट दर्खास्त दिन सकिनेछ ।

    १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका र पूपू सैनिक तथा प्रहरी भए ४० वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन मिल्नेछ । न्युनतम शैक्षिक योग्यता ८ कक्षा उतीर्ण भएको हुनुपर्नेछ ।

    दर्खास्त दिएकालाई मंसिर ४ गते सम्पर्कमा बोलाइएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार