Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई कतार अदालतले दियो मृत्युदण्डको सजाय


    शुक्रबार, कार्तिक १० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । इजरायलका लागि जासुसी गरेको अभियोगमा ८ जना भारतीयलाई कतारको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । ती सबै भारतीय नौसनिकका पूर्वअधिकारी हुन् ।

    कतारका स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरुलाई गत वर्षको अगष्टमा पक्राउ गरेर हिरासतमा राखिएको थियो । हालै अदालतले उनीहरुको मुद्दामा अन्तिम फैसला गर्दै मृत्युदण्ड सुनाएको हो । उक्त फैसलाको विस्तृत पाठ आइसकेको छैन ।

    आठै जना भारतीय कतारको कन्सल्ट्रि कम्पनी अल दहरामा कार्यरत थिए, जसले कतारी सरकारलाई पनडुब्बी जहाजहरुको अधिग्रहण सम्वन्धमा परामर्श दिने गर्छ । उनीहरु भारतीय नौसेनामा रहँदा थुप्रै युद्धको कमाण्ड गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत १ अक्टोबरमा कतारस्थित भारतीय राजदूतले हिरासतमा ती भारतीयहरुलाई भेटेका थिए ।

    कतार सरकारले यस मुद्दाबारे सार्वजनिक जानकारी दिएको छैन । इजरायल प्यालेस्टिाइन युद्ध जारी रहँदा यो फैसलालाई निकै महत्वका साथ हेरिएको छ । कतार प्यालेस्टाइनको विद्रोही समूह हमाससँग नजिक रहेको मानिन्छ ।

    सरकारले हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरुलाई रिहाइका लागि मध्यस्थता गर्दै आएको छ । यसैगरी गाजा क्षेत्रमा आत्यावश्यक वस्तुहरुको आपूर्ति सुचारु गराउन पनि कतारले पहल गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार