मकवानपुर। मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा अटो दुर्घटना भएको छ। उक्त अटो दुर्घटनाहुँदा ७ जना घाइते भएका छन् ।
बुधबार मकवानपुरगढी-७ दुम्सीडाँडा स्थित भित्री कच्ची सडक खण्डमा दुम्सीडाँडाबाट हेटौडातर्फ आउँदै गरेको ना. २ ह ५१७४ नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा अटोमा सवार ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अटो दुर्घटनामा मकवानपुरगढी ७ सुकौरा बस्ने २३ वर्षीया मनिता मोक्तान, निजको २ महिनाकी छोरी जानुका जिम्बा, सुकौरा निवासी २९ वर्षीय कृष्ण बहादुर योन्जन र निजको छोरी ८ वर्षीय सारोक्षा योन्जन, सुकौराकै २६ वर्षीया दिल माया योन्जन, २२ वर्षीया हिरा माया योन्जन र २२ वर्षीय बिकाश योन्जन मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइतेहरुको हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएकोमा मनिता मोक्तान, निजको २ महिनाकी छोरी जानुका जिम्बाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए ।
अन्य घाइते उपचार पछि डिस्चार्ज भएको बताइएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend