Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौँडामा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु


    बिहिबार, कार्तिक ९ २०८०
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मनहरी । मकवानपुरको हेटौँडा-१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

    आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडक खण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना१क ६०५५ नको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिदा घाइते भएका विश्रामपुर बस्ने वर्ष १८ का सहचालक विपिन महत्तोलाई उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

    क्रेनले च्यापिएको अवस्थामा रहेका उनलाई स्थानीयवासीको सहयोगमा निकालिएको थियो । पर्सा जिल्ला वीरगञ्ज महानगर पालिका ३० लालपर्सा बस्ने वर्ष ३० का चालक दशरथ पासवान भने सामान्य घाइते भएको प्रहरीले बताएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार