Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनसरीमा प्रहरी जवानले आफैंले गोली हानेर आत्महत्या गरे


    बुधबार, कार्तिक ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गए राति एकजना प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन्।

    मृत्यु हुनेमा सप्तरी रूपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

    रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो।

    घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ।

    उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

    शव परीक्षणका लागि जिल्ला अस्पताल इनरूवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार