काठमाडौं । आज कालिमाटी फलफुल तथा तरकारी बजारमा भारतीय ठूलो गोलभेडा प्रतिकिलो ५० रुपैयाँ थोक मूल्यमा बिक्री भइरहेको छ । विकास समितिले वेभसाइटमा राखेको मूल्यसूचीअनुसार सानो लोकल गोलभेडा ५५ रुपैयाँमा बिक्री भइरहेके छ ।
यस्तै, रातो आलुको थोक मूल्य ७७ रुपैयाँ, सेतो आलुको थोक मूल्य ६२ रुपैयाँ, सुकेको प्याजको थोक मूल्य १०१ रुपैयाँ कायम छ । यसअघि, भारतीय सुकेको प्याजको थोक मूल्य ७६ रुपैयाँ आसपास थियो । दसैंको समयमा व्यापारीले प्याजको थोक मूल्य समेत बढाएका हुन् ।
गाजरको थोक मूल्य १३५ रुपैयाँ, बन्दाको थोक मूल्य ६०, काउली १०५ रुपैयाँमा कारोबार भइरहेको छ । लाम्चो भन्टा ४५, बोडी ८६ र घिउ सिमी २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसबाहेक, तिते करेलाको थोक मूल्य ८६ रुपैयाँ छ भने लौकाको मूल्य ३७ रुपैयाँ छ ।
परवर ६३ रुपैयाँमा कारोबार हुँदा घिरौला ५५ रुपैयाँमा कारोबार भइरहेको छ । कन्या च्याउ ६६ रुपैयाँ, डल्ले च्याउ २६६ रुपैयाँमा कारोबार भइरहेको समितिले जानकारी दिएको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend