Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • दुर्गा मूर्ति विसर्जनमा गएका दुईको डुबेर मृत्यु, एक बेपत्ता


    बुधबार, कार्तिक ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका – १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको प्रहरीले जनाएको छ ।

    सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेपत्ता सन्तकुमारको खोजी भैरहेको ।

    रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार