Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • गाजा क्षेत्रका अस्पताल नजिक फेरि हवाई हमला


    सोमबार, कार्तिक ६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इजरायल–प्यालेस्टाइन युद्धको क्रममा गाजा क्षेत्रका अस्पताल नजिक फेरि आक्रमण भएको छ । विष्फोटबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

    तर प्यालेस्टिनी मिडियाहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाका साथै अल–कुद्स, र इन्डोनेसियन अस्पतालहरु नजिक विष्फोटका ठूला आवाज सुनिएको छ ।

    प्यालेस्टिनी चरमपन्थी समूह हमासले अल–कुद्स अस्पताल नजिक इजरायलले हवाई हमला गरेको भन्दै एक भिडियो सार्वजनिक गरेको छ ।

    आगोले जलेर ध्वस्त भएको अर्को एक भवन पनि हमासले सार्वजनिक गरेको छ । त्यो भवन कुवैती अस्पतालभन्दा पछाडिको हो भनिएको छ ।

    यद्यपि ती भिडियोहरुको प्रमाणिकता जाँच गर्न नसकिएको बीबीसीले जनाएको छ । इजरायली सेनाले त्यो भिडियोबारे सोध्दा अनुसन्धान गरिरहेको जवाफ दिएको पनि बीबीसीले उल्लेख गरेको छ ।

    यसअघि गाजा क्षेत्रको अल–अहली अल–अरबी बाप्टिस्ट अस्पतालमा रकेट आक्रमण हुँदा पाँच सय जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार