Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लेबनान–इजरायली सीमामा युद्ध जारी


    सोमबार, कार्तिक ६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । इजरायलले शनिबार माथिल्लो गलिलीमा रहेको इजरायली बस्तीमा गरिएको मिलाइल आक्रमणको बदला लिन दक्षिणी लेबनानका गाउँहरूमा लगातार आक्रमण गरिरहेको छ । दक्षिणी लेबनानी गाउँहरू यारुन र बिन्ट जबेलको बाहिरी भागमा अहिले आक्रमण जारी रहेको समाचारमा उल्लेख छ ।

    इजरायलको आक्रमणका कारण दक्षिणी लेबनानी गाउँहरु आल्मा अल शाब राम्या, अल धाहिरा र अल लाबोनेहलाई लक्षित गरी आक्रमण गरेको थियो । यसैबीच इजरायली रक्षा बलले सामाजिक सञ्जारल ट्विटर (एक्स)मा लेबनानको सशस्त्र समूह हिजबुल्लाहमा आक्रमण गरेको स्वीकार गरेको छ ।

    उक्त आक्रमणका कारण हालसम्म १५ सयभन्दा बढी लेबनानी विस्थापित भएका छन् ।

    यसैबीच, अरब लिगका सहायक महासचिव हाइफा अबु गजालेहले अरब लिगले गाजालाई प्रदान गरेको सहायता रकम आधा मिलियन डलरभन्दा बढी रहेको बताएका छन् । आइतबार पत्रकार सम्मेलनमा उनले गाजामा प्रवेश गर्ने मानवीय सहायताका ३० वटा ट्रक केही दिनका लागि मात्र पर्याप्त रहेको बताए । अरब लिगले स्ट्रिपका बासिन्दाहरूले अनुभव गरिरहेको कठिन परिस्थितिलाई ध्यानमा राख्दै त्यो संख्या बढाउन खोजिरहेको उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार