Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बझाङमा फेरि गयो भूकम्प


    बिहिबार, कार्तिक २ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बझाङमा पुनः भूकम्प गएको छ । गएराति १०ः०३ बजे ४.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको स्रोतले जनायो।

    गत असोज १६ गते दिउँसो ३ः०६ बजे बझाङको चैनपुर केन्द्र गरी ६.३ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु भएको थियो। २१ जना घाइते बनेका थिए। यस्तै ६ हजार ४ सय ८४ घरमा आंशिक क्षति पुगेको थियो। ३ हजार ५ सय २४ घरमा समान्य क्षति पुगेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।

    उनका अनुसार १ सय २३ सरकारी कार्यालयमा पूर्ण क्षति भएको छ। १ सय ५२ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ। जलविद्युत आयोजना लगायतका अन्य ५० वटा अन्य संरचनामा क्षति पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार