Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • चीनको ग्रेट हलमा सीद्वारा बीआरआई फोरमको उद्घाटन


    बुधबार, कार्तिक १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बेइजिङ । चीनको राजधानी बेइजिङको ग्रेट हल अफ दी पिपुलमा चीनले दश वर्ष अगाडि सार्वजनिक गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बआरआई) फोरमको आज उद्घाटन भएको छ ।

    उक्त उद्घाटन चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेका छन् । विश्वका १४० देशका राष्ट्र तथा सरकार प्रमुख अथवा उच्च प्रतिनिधिहरू सहभागी भएको फोरमको उद्घाटन सत्र आज बिहान सम्पन्न भएको छ । सी ले प्राचीन सिल्क रोड देखी भूपरिवेष्टित बाट भू जडित भएका बीआइआई परियोजनाका बारेमा मन्तव्य दिए ।

    शान्ति, विकास र सहकार्य अहिलेको आवश्यकता भएको बताए ।

    आठ बुँदे प्राथमिकता सार्वजनिक गर्दै सिले ठुला देखी जनजीविकाका परियोजना हुँदै पूर्वाधार देखी जनस्तरको कनेक्टिभिटीमा काम गर्ने बताए।

    फोरमको उद्घाटन हिजै भए पनि औपचारिक उद्घाटन आज भएको हो । औपचारिक उद्घाटनको मुख्य मञ्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्यादिमिर पुटिनदेखि दक्षिण एसियाबाट पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अन्वर अल हक ककरदेखि श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंगेसम्म उपस्थिति रहेका थिए ।

    नेपालबाट भने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शीर्ष नेतृत्व पुगेको छ । सरकारभन्दा बाहिरका शीर्ष अनुहारमा भने सत्ताधारी दल नेकपा एसका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल छन् ।

    सन २०१७ मा पहिलो, सन २०१९ मा दोस्रो बीआरआई फोरमको कार्यक्रम भएका थिए । पहिलो फोरमको नेतृत्व तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महराले गरेका थिए भने दोस्रोको नेतृत्व तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

    सन २०१३ को सेप्टेम्बरमा काजाकिस्तानको भ्रमणमा रहेका सिले सिल्क रोड इकोनोमिक बेल्टको कुरा गरेका थिए । त्यसैबाट क्रमशः विकास भएर बेल्ट एण्ड रोड इनिसिएटिभको रूपमा विकास भएको हो ।

    बीआरआई दश वर्ष पुगेको अवसरमा चीनले तामझाम गरेर तेस्रो फोरम आयोजना गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार