Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली भन्छन्- कुनै पार्टी बुढो छ भने त्यो कांग्रेस हो


    सोमबार, असोज २९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेका नयाँ पार्टीहरू पनि एक वर्ष पुरानो भइसकेको बताएका छन्। उनले फेरि नयाँ पार्टी खोल्नुपर्‍यो भन्दै व्यंग्य गरे। ‘पोर खोलेका पार्टी पनि एक वर्ष भयो पुरानो भयो नि। अब नयाँ खोल्न पर्ने होला नि?,’ उनले भने।

    उनले पार्टी नयाँ र पुरानो नहुने भन्दै पार्टीको उद्देश्य र गन्तव्य हुने गरेको बताए। ‘विचराहरूलाई के थाहा, जतिबेला राणा शासन थियो, त्यतिबेला हाम्रो पार्टी खुल्यो। यो पार्टीले राणा शासनविरुद्ध लड्यो। अनेकन तानाशाहलाई पराजित गर्दै यहाँसम्म आइपुग्यो। बाधा व्यवधानलाई पराजित गरेर यहाँसम्म आयो,’ उनले भने, ‘कसले स्याउ फलायो थाहा छैन। राम्रो स्याउ टिप्न जानेनन् भनेर भन्छन्। स्याउ कसरी फालयो भन्ने कुरा बुझाउन जरुरी छ।’

    उनले अहिले बुढो पार्टी भनेको नेपाली कांग्रेस रहेको बताए। जसको नीति र विधि केही नभएको ओलीले आरोप लगाए। ‘पार्टी कसरी बुढो हुन्छ? नेपाली कांग्रेसजस्तो।

    जसको महाधिवेशन त हुन्छ तर नीति छैन। कांग्रेसले नीति र विधि कहिले बनायो? कुन लोकतान्त्रिक अभ्यासबाट आयो? नीति र विधि बिनाको छनाई के छनाई भयो र?,’ उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार