काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेका नयाँ पार्टीहरू पनि एक वर्ष पुरानो भइसकेको बताएका छन्। उनले फेरि नयाँ पार्टी खोल्नुपर्यो भन्दै व्यंग्य गरे। ‘पोर खोलेका पार्टी पनि एक वर्ष भयो पुरानो भयो नि। अब नयाँ खोल्न पर्ने होला नि?,’ उनले भने।
उनले पार्टी नयाँ र पुरानो नहुने भन्दै पार्टीको उद्देश्य र गन्तव्य हुने गरेको बताए। ‘विचराहरूलाई के थाहा, जतिबेला राणा शासन थियो, त्यतिबेला हाम्रो पार्टी खुल्यो। यो पार्टीले राणा शासनविरुद्ध लड्यो। अनेकन तानाशाहलाई पराजित गर्दै यहाँसम्म आइपुग्यो। बाधा व्यवधानलाई पराजित गरेर यहाँसम्म आयो,’ उनले भने, ‘कसले स्याउ फलायो थाहा छैन। राम्रो स्याउ टिप्न जानेनन् भनेर भन्छन्। स्याउ कसरी फालयो भन्ने कुरा बुझाउन जरुरी छ।’
उनले अहिले बुढो पार्टी भनेको नेपाली कांग्रेस रहेको बताए। जसको नीति र विधि केही नभएको ओलीले आरोप लगाए। ‘पार्टी कसरी बुढो हुन्छ? नेपाली कांग्रेसजस्तो।
जसको महाधिवेशन त हुन्छ तर नीति छैन। कांग्रेसले नीति र विधि कहिले बनायो? कुन लोकतान्त्रिक अभ्यासबाट आयो? नीति र विधि बिनाको छनाई के छनाई भयो र?,’ उनले भने।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend