Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लामिछानेको धारणा- राजनीतिक दल पुस्ता लक्षित हुनुपर्छ


    सोमबार, असोज २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने धारणा व्यक्त गरेका छन् ।

    सोमबारबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताए ।

    राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरु पनि परेको बताए ।

    यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरुप्रति कहिले कहीँ विषय केन्द्रित कटाक्ष गरे पनि मुलुकको परिवर्तनमा उनीहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, शाहस र योजना नरहेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार