काठमाडौं । एक्कासी युद्धमा उत्रिएको हमास लडाकूलाई निमिट्यान्न पार्ने भन्दै इजरायली सेनाले गाजामा प्रवेश गरेर जमिनबाटै हमला गर्ने भएको छ ।
त्यसका लागि इजरायली सेना गाजाको सिमा नजिकै भेला भइरहेका बीबीसीले जनाएको छ ।
गत हप्ता हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा हवाइ हमला गरिरहेको थियो । अब उसले गाजामै प्रवेश गरेर जमिनबाटै हमला गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
शनिबार राति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ती सैनिकलाई भेटेको तस्वीर र भिडियो पनि सार्वजनिक भएको छ ।
गाजाको सीमा क्षेत्रमा इजरायलले यसअघि नै ट्यांक तैनाथ गरेको थियो ।
इजरायली सेनाले उत्तर गाजा खाली गर्न स्थानीयबासिन्दालाई दिएको २४ घन्टाको समय पूरा भइसकेको छ । सेनाले उनीहरुलाई ठाउँ खाली गर्न थप ३ घन्टाको समय दिएको र त्यो समयमा उसले कुनै पनि कारबाही नगरेको बीबीसीले जनाएको छ ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend