काठमाडौं । एक्कासी युद्धमा उत्रिएको हमास लडाकूलाई निमिट्यान्न पार्ने भन्दै इजरायली सेनाले गाजामा प्रवेश गरेर जमिनबाटै हमला गर्ने भएको छ ।
त्यसका लागि इजरायली सेना गाजाको सिमा नजिकै भेला भइरहेका बीबीसीले जनाएको छ ।
गत हप्ता हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा हवाइ हमला गरिरहेको थियो । अब उसले गाजामै प्रवेश गरेर जमिनबाटै हमला गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
शनिबार राति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ती सैनिकलाई भेटेको तस्वीर र भिडियो पनि सार्वजनिक भएको छ ।
गाजाको सीमा क्षेत्रमा इजरायलले यसअघि नै ट्यांक तैनाथ गरेको थियो ।
इजरायली सेनाले उत्तर गाजा खाली गर्न स्थानीयबासिन्दालाई दिएको २४ घन्टाको समय पूरा भइसकेको छ । सेनाले उनीहरुलाई ठाउँ खाली गर्न थप ३ घन्टाको समय दिएको र त्यो समयमा उसले कुनै पनि कारबाही नगरेको बीबीसीले जनाएको छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend