Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इजरायलबाट स्वदेश फर्किन थप २०० नेपालीले दिए निवेदन


    शुक्रबार, असोज २६ २०८०
    1.1K
    Shares
    05 May 2019, Palestinian Territories, Gaza City: An explosion goes off in a building targeted by an Israeli airstrike. Photo: Ibrahim Khalaf/APA Images via ZUMA Wire/dpa
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । युद्धग्रस्त बनेको इजरायलबाट स्वदेश फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् । तेल अबिबस्थित नेपाली दूतावासले थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको छ ।

    अचानक इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।

    अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ । बाँकी रहेका सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु भएको छ ।

    शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ ।

    इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

    घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैराखेको छ । थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ ।

    सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि जोजी कार्य तीव्र पारिएको छ भने मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार