काठमाडौं । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र वेस्ट बैंकको अवस्थालाई शान्त बनाउन पहल गरेका छन् । उनीहरूले प्यालेस्टाइनी लडाकु समूह हमास नियन्त्रित गाजामा बिग्रँदै गएको मानवीय संकटप्रति चिन्ता व्यक्त गरेका हुन् ।
बिहीबार जोर्डनको राजधानी अम्मानमा भएको भेटमा दुवै पक्षले गाजा ‘स्ट्रिप’मा स्वास्थ्य र राहत एवं पानी आपूर्ति सुनिश्चित गर्न मानवीय ‘करिडोर’हरू तत्काल खोल्न आग्रह गरे ।
दुवै नेताले मानवीय संकट, बढ्दो हिंसा र सम्पूर्ण क्षेत्र सम्भावित परिणामबारे चिन्ता व्यक्त गरे । स्थितिलाई थप बिग्रन नदिन अरब राष्ट्रहरूबीच घनिष्ठ सम्बन्धको महत्त्वलाई उनीहरूले जोड दिए ।
जोर्डनका राजाले प्यालेस्टाइनलाई आफूहरूले सहयोग गर्ने र गाजापट्टीमा तत्काल मानवीय र चिकित्सा सहायता पुर्याउने वाचा गरे ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend