काठमाडौं । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र वेस्ट बैंकको अवस्थालाई शान्त बनाउन पहल गरेका छन् । उनीहरूले प्यालेस्टाइनी लडाकु समूह हमास नियन्त्रित गाजामा बिग्रँदै गएको मानवीय संकटप्रति चिन्ता व्यक्त गरेका हुन् ।
बिहीबार जोर्डनको राजधानी अम्मानमा भएको भेटमा दुवै पक्षले गाजा ‘स्ट्रिप’मा स्वास्थ्य र राहत एवं पानी आपूर्ति सुनिश्चित गर्न मानवीय ‘करिडोर’हरू तत्काल खोल्न आग्रह गरे ।
दुवै नेताले मानवीय संकट, बढ्दो हिंसा र सम्पूर्ण क्षेत्र सम्भावित परिणामबारे चिन्ता व्यक्त गरे । स्थितिलाई थप बिग्रन नदिन अरब राष्ट्रहरूबीच घनिष्ठ सम्बन्धको महत्त्वलाई उनीहरूले जोड दिए ।
जोर्डनका राजाले प्यालेस्टाइनलाई आफूहरूले सहयोग गर्ने र गाजापट्टीमा तत्काल मानवीय र चिकित्सा सहायता पुर्याउने वाचा गरे ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend