Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायलबाट २५० नेपाली आज राति ९ बजे काठमाडौं आइपुग्ने


    बिहिबार, असोज २५ २०८०
    1.1K
    Shares
    05 May 2019, Palestinian Territories, Gaza City: An explosion goes off in a building targeted by an Israeli airstrike. Photo: Ibrahim Khalaf/APA Images via ZUMA Wire/dpa
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इजरायलमा प्यालेस्टिनी लडाकु समूहले आक्रमण गरेका कारण अलपत्र परेका नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमान बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्दैछ ।

    परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीका अनुसार इजरायलको स्थानीय समयअनुसार बिहान ११ बजेर १० मिनेटमा नेपाल वायुसेवा निगमको विमान इजरायल अवतरण गर्नेछ ।

    त्यसपछि नेपाल फर्किने नागरिकलाई दुई घण्टाभित्र विमानमा राख्ने र त्यहाँको समयअनुसार १ बजेर १० मिनेटमा नेपालका लागि उडान भर्ने तालिका रहेको जोशीले जानकारी दिए ।

    नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना नेपाली फर्किने छन् ।

    नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ विमानमा इजरायल गएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार