Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दशैं नजिकिँदै गर्दा बजार अनुगमन: ग्राहकलाई ठग्ने र खरिद बिल नराख्ने ४ पसललाई ९० हजार जरिवाना


    बिहिबार, असोज २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र पारेको छ। जसअनुसार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजो बुधबार मात्र ४ वटा कम्पनीलाई कारबाही गरेको छ ।

    दसैँ केन्द्रीय बजारमा उपभोक्तालाई विभिन्न बाहानमा ठगेको र खरिद बिल नराखेको, मूल्य सूची नराखेका कम्पनीलाई विभागले कारबाही गरेको हो ।

    तथ्यांकअनुसार भक्तपुरको खाद्य वस्तु पसललाई १० हजार जरिवाना गरिएको विभागले जनाएको छ । यस्तै, सुन्दर बस्तीको किराना पसललाई १० हजार रुपैयाँ जरिवाना गराएको छ । यसबाहेक, व्यासीको किराना पसललाई २० हजार रुपैयाँ तिराएको विभागले जनाएको छ ।

    यस्तै, विभागले काठमाडौँको किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए । तर, विभागले कारबाहीमा परेका कम्पनी र फर्महरूको सूची भने खुलाएको छैन ।

    विभागले हिजो कूल २१ वटा पसलमा अनुगमन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार