Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हेटौंडामा १५० केजी गाँजासहित चार जना पक्राउ


    बिहिबार, असोज २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा। प्रहरीले गस्ती गर्ने क्रममा गाँजा बोकेर आएका चार जनालाई गाँजासहित पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय मनहरी क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा राक्सिराङ गाउँपालिकाको बाटो हुँदै गाँजा बोकेर आएका चार जनालाई १५० केजी गाँजासहित बुधबार राति पक्राउ गरेको हो । चार जनाले बोरामा प्याक गरेर गाँजा पर्सा राष्ट्रिय निकुन्ज हुँदै भारततर्फ बोकेर लैजाँदै थिए ।

    प्रहरीका अनुसार गाँजासहित पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ३० वर्षीय रामशरण चेपाङ,कैलाश गाउँपालिकाकै १९ वर्षीय विश्वराम चेपाङ, ५६ वर्षीय कमानसिं चेपाङ, ३० वर्षीय कृष्णबहादुर चेपाङ रहेका छन् ।

    पर्सा राष्ट्रिय निकुन्ज पार गरेपछि उनीहरुलाई गाँजा बोके बापत प्रतिकेजी ५ सय रुपैयाँ दिने भनि व्यापारीले प्रलोभनमा फसाएको बताएका छन् । उक्त गाँजा कैलाश गाउँपालिकाबाट ल्याएको कुरा उनीहरुले प्रहरी समक्ष बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार