Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • ललितपुरमा सहकर्मीमाथि पेट्रोल छर्केर आगो लगाई भागेका पुरुष पक्राउ, तीनजना घाइते


    बिहिबार, असोज २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । ललितपुरमा सहकर्मीमाथि पेट्रोल छर्केर आगो लगाउने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साका शिवु भनिने २६ वर्षीय सुवास विक छन् ।

    गएको मंगलबार (असोज २३) बिहान करिब साढे ९ बजे प्रहरीले उनलाई काठमाडौंको सुन्धाराबाट नियन्त्रणमा लिएको हो । सुवास ललितपुर महानगरपालिका–१७, ग्वार्कोमा बस्दै आएका थिए ।

    गएको सोमबार सुवासले ग्वार्कोस्थित एसबी ह्यान्डग्राफीमा कार्यरत पर्साकै २४ वर्षीय अरुण विश्वकर्मामाथि पेट्रोल छर्केर आगो लगाएर भागेका थिए । त्यसपछि उनी फरार थिए । सुवास पनि सोही ह्यान्डग्राफीमा कार्यरत कर्मचारी भएको महानगरीय अपराध महाशाखाका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

    महाशाखाकै टोलीले सुवासलाई पक्राउ गरेको हो । उनी र अरुण पर्साको एकै स्थानका भएको प्रहरीले जनाएको छ ।

    सुवासले पेट्रोल छर्केर आगो लगाउँदा अरुणसहित तीनजना घाइते भएका छन् । आगो सल्किएर सोही स्थानमा रहेका अरू दुई व्यक्ति समेत घाइते भएका प्रहरीको भनाइ छ।

    प्रहरीका अनुसार कीर्तिपुरस्थित बर्निङ अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।

    यस घटनामा पक्राउ परेका सुवासलाई थप अनुसन्धान र कारबाहीका निम्ति प्रहरी वृत्त सातदोबाटोमा पठाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार