Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इजरायलमा फसेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्ने


    बुधबार, असोज २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल सरकारले द्वन्द्वग्रस्त इजरायलमा फसेका नेपाली नागरिकको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।

    परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार