Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिनियाँ तस्करका चालकले बयानमा भने : भन्सार प्रशासकले यसमा के छ र मरिहत्ते गरेको भनेपछि फर्कियौं


    बुधबार, असोज २४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप)मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक दाओजिन वाङका चालक लोकेन्द्र पौडेलले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल सामान छुटाउन भन्दै प्रमुख भन्सार प्रशासकलाई भेट्न गउको बयान दिएका छन् ।

    वाङले राहुललाई फोन गरेर बोलाएपछि आफूसहित महरा र तिब्बती नागरिक निमा गुरुङ भन्सार प्रमुखको कार्यकक्षमा पुगेको उनले बताएका छन् । त्यसबेला ‘वाङ र असिन’ भनिने अरु दुई चिनियाँ नागरिक भुइँ तलामा बसेको पौडेलको बयान छ ।

    जफत भएको भेपको बारेमा कसरी छुटाउने भन्ने विषयमा अरुण पोखरेलसँग राहुल महरा र निमा गुरुङले कुराकानी गरेको पौडेलको बयान छ । तर, पोखरेलले तपार्यंहरुलाई किन चाहियो, यसमा के छर यति सारो मरिहत्ये गरेको भनेको उनले बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार