Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५ सय १० ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट एक पुरुष पक्राउ


    मंगलबार, असोज २३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। ५ सय १० ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पुरुष पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए ।

    उनका अनुसार मलेसियन एयरलाइन्समार्फत सोमवार काठमाडौं आएका धामीले टीभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।

    यस विषयमा आवश्यक अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार