Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रम मन्त्रालयले भन्यो- भिसा प्राप्त कामदार पनि इजरायल नजानू


    मंगलबार, असोज २३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल-हमास लडाइँ जारी रहेको कारण २४ जना सहायक कामदारलाई इजरायल नजान आग्रह गरेको छ ।

    मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न आग्रह गरेको हो ।

    भिसासमेत प्राप्त गरिसकेका कामदारको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार