Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा बस दुर्घटना हुँदा २० जना नेपाली तिर्थालु घाइते


    सोमबार, असोज २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी । ओडिसाको बालासोर जिल्लामा नेपाली तिर्थालु सवार बस हिजो आइतबार एउटा ट्रकसँग ठोक्किँदा कम्तीमा २० जना घाइते भएका छन् । उक्त दुर्घटनामा उत्तर प्रदेशका बस चालक पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका हुन् ।

    ६१ जना यात्रु सवार बस राष्ट्रिय राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किन पुगेको सोरो प्रहरी कार्यालयले जानकारी दिएको छ । यात्रुवाहक बस कोलकाताबाट पुरी जाँदै गरेको थियो ।

    बालासोरका सादर सब–डिभिजनल प्रहरी अफिसर शशांक शेखर बेउराका अनुसार ढाबामा रोकिराखेको ट्रकमा उक्त बस बिहान करिब ५ बजे ठोक्किएको थियो । घाइते सबैलाई सोरो अस्पताल लगिएको थियो । सबै नेपाली तिथार्लु उपचारपछि डिस्चार्ज भइसकेको बेउराले बताए ।

    घटनामा बस ड्राइभरको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनलाई जिल्ला अस्पतालमा रेफर गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार