Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागलुङ निसीखोलाका अध्यक्ष घर्तीमाथि साढे ३ वर्षको जेल सजाय उच्च अदालतद्वारा सदर


    सोमबार, असोज २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पोखरा । लागुऔषध कारोबारमा बागलुङ निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई दोषी ठहर गरेको जिल्ला अदालतको फैसला उच्च अदालतले पनि सदर गरेको छ ।

    लागुऔषध कारोबारमा दोषी ठहर गर्दै साढे तीन वर्ष जेल सजाय सुनाउने जिल्ला अदालत बागलुङको फैसला उच्च अदालत पोखरा बागलुङ इजालासले पनि सदर गरेको हो ।

    यस प्रकरणमा न्यायाधीशहरू मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो । जिल्ला अदालतले घर्तीलाई गत पुस ३ गते ५० हजार रुपैयाँ जरिवानासहित साढे ३ वर्ष जेल सजाय तोकेको थियो । २०७७ असार १२ गते गाँजासहित पक्राउ घर्ती परेका थिए ।

    बागलुङको बुर्तिबाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा घर्तीलाई पक्राउ गरिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा र चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

    पक्राउ परेलगत्तै झण्डै तीन महिना पुर्पक्ष बसेपछि उनी धरौटीमा रिहा भएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार