बर्दिबास । सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको दुई लाख एक हजार भारतीय रुपियाँ बरामद गरेको छ । बरामद भएका ती भारतीय नोटमा पाँच सय दरका ३७० थान तथा दुई सय दरका ७० थान रहेको महोत्तरीको जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वार्टरले जनाएको छ ।
जलेश्वरस्थित सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द पोखरेल तथा बोर्डर आउट पोष्ट मटिहानीका सशस्त्र निरीक्षक भोलाकुमार श्रेष्ठको कमाण्डमा खटी गएको संयुक्त टोलीले मटिहानी–७ स्थित दश गजा क्षेत्रमा सुरक्षा चेकजाँच गर्ने क्रममा उक्त नोट बरामद भएको हो ।
सीमापारीको मधवापुर बजारबाट प्र २–०२–००१ प ९७५४ नंको मोटरसाइकल चढेर मटिहानीतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले दशगजा नजिक सशस्त्रले चेकजाँच गरेको देखेपछि मोटरसाइकल छाडी भारततर्फ भागेका थिए ।
सशस्त्र प्रहरीले शङ्का लागि मोटरसाइकल तलासी गर्दा कालो रङकाे ब्याग फेला परेको र त्यसभित्र जतनसाथ राखिएको अवस्थाममा उक्त नोट बरामद भएको जलसागरस्थित सशस्त्र हेडक्वार्टरका एसपी लेखनाथ खनालले बताए ।
सशस्त्रले मोटरसाइकल नियन्त्रणमा लिएको छ भने बरामद नोट पथलैयास्थित राजस्व चुहावट एकाइ बुझाउने तयारी गरेको जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend