Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गर्ने १३ जना पक्राउ


    सोमबार, असोज २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको छ । उक्त प्रदर्शनको क्रममा १३ जना पक्राउ परेका छन् ।

    राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्न लगायत विषयमा केन्द्रित रही समाजले राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको हो ।

    समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रित रही देशव्यापी अभियान प्रारम्भ गरेको छ ।

    यस प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता रहने थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार