काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इजरायल आक्रमणका क्रममा १० नेपालीले ज्यान गुमाएको तथा एक जना बेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
आज विज्ञप्ति जारी गर्दै खनालले उक्त घटनाप्रति दुख व्यक्त गर्दै घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन नेपाल सरकार र इजरायलस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएका छन् ।
‘साथै, नेपाल सरकार र इजरायल स्थित नेपाली दूतावासलाई घटनाको यथाशीघ्र सत्यतथ्य जानकारी उपलब्ध गराउन पनि आग्रह गर्दछु’, खनालले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूको सुरक्षाको निम्ति इजरायल सरकारसँग जोडदार माग गर्दै मृतकका शवलाई अविलम्ब नेपाल पठाउन, इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूको सुरक्षा गर्न सबै प्रकारका कूटनीतिक पहलकदमी लिन नेपाल सरकार र इजरायलस्थित नेपाली दूतावासको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
इजरायल आक्रमणमा परी १० जना नेपाली नागरिकहरूले ज्यान गुमाएका छन् भने एकजना सम्पर्क विहीन रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend