Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो: ओली


    आइतबार, असोज २१ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् । सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा ओलीले यस्ताे बताएका हुन् ।

    ‘अहिले देशमा सरकार छ कि छैन ? के दुई धाम गरेरमात्रै हुन्छ ?’, उनले भने, ‘जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाए पनि पाप कट्दैन ।’

    उनले वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने अवस्था नरहेको दाबी गरे । एमाले नेतृत्वको सरकारपछि अर्थतन्त्र झन् ओरालो लागेको ओलीको आरोप छ ।

    ‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ । ७ प्रतिशतभन्दा माथि पु¥याइएको यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ’, उनले भने, ‘देश अप्ठेरो अवस्थामा पुगेको छ । अझै अप्ठेरो गतिमा पु¥याउनु हुँदैन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार