Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शिशापाङ हिमपहिरोमा परी दुईजनाको मृत्यु, दुई बेपत्ता, कामिरितासहित तीन घाइते


    आइतबार, असोज २१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तिब्बतस्थित शिशापाङ हिमालको हिमपहिरोमा परेर दुईजनाको ज्यान गएको छ।

    हिजो शनिबार गएको हिमपहिरोमा परी अमेरिकी आरोही अन्ना गुटु र उनका गाइड मिङमार शेर्पाको मृत्यु भएको नेपाल माउन्टेनियरिङ एसोसिएसनका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए ।

    उनका अनुसार हिमपहिरोमा परी अमेरिकी आरोही जिना मारिया र नेपाली तेन्जिङ शेर्पा बेपत्ता भएका छन् । उनीहरूको खोजीकार्य जारी रहेको अध्यक्ष शेपाले बताए ।

    उक्त हिमपहिरोमा परी आरोही कामिरिता शेर्पा, कर्मा ग्याल्जेन शेर्पा र मित्रबहादुर तामाङ घाइते भएका छन् । उनीहरूको उद्धारका निम्ति काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीसँग छलफल गरिरहेको शेर्पाले बताए । अनुमति पाएमा नेपालबाटै हेलिकोप्टर पठाइने शेर्पाको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार