Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड र भाषा आयोगका पदाधिकारीबीच भेटवार्ता


    बिहिबार, असोज १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न उनहरूले भेट गरेका हुन् ।

    भेटमा उनीहरुले सरकारी कामकाजको भाषा सम्बन्धी पहिले भएका सिफारिसहरुमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस पेस गरेका बताइएको छ । त्यसैगरी भेटवार्तामा आयोग भित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको बुझिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार