Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले बाेलाए विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक


    बुधबार, असोज १७ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । मंगलबार बझाङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि परिषद् अध्यक्ष रहेका प्रधामनन्त्री दाहालले बैठक बोलाएका हुन्।

    बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापना लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार