Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो : मन्त्री श्रेष्ठ


    मंगलबार, असोज १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन् ।

    आज संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आममाफी नभइ कैद कट्टा मात्रै गरेको बताएकी हुन् ।

    उनले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ आफूहरुले नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन् । उनले कैद कट्टा गरेर छुटाउनु र आममाफी दिनु फरक भएको बताइन् ।

    ‘आममाफी एउटा छुट्टै कुरा हो । अदालतबाट दोषी ठहर भएकालाई पनि आममाफी दिने भन्ने कुरा छ । र अहिलेको उसमा आममाफी नै दिइएको छैन । किनभने यो त कैद कट्टा गरिएको हो । कैद कट्टा गरेर छुटाइएको हो’, उनले भनिन्, ‘हामीले क्याबिनेट बैठक बस्दा पनि त्यो भनेको छैन । अपराधीलाई राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौँ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार