Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भ्रष्टाचार मुद्दा लागेकी रञ्जिता एमाले महाधिवेशनकी अतिथि, गरिन् ओलीको खुलेरै प्रशंसा ?


    शनिबार, मंसिर २७ २०८२
    830
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)को ११ औं महाधिवेशनमा अतिथिका रुपमा शुभकामना दिनका लागि ठूला दलका शीर्षनेता कोही आएनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि एमालेको महाधिवेशनमा शुभकामना दिन गएनन् ।

    एमालेको महाधिवेशनको मञ्चमा भ्रष्टाचारको मुद्दा खेपिरहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने देखिइन् । मञ्चमा देखिएकीमात्र होइनन्, उनले महाधिवेशनको शुभकामना दिने क्रममा ओलीको प्रशंसामै अधिकांश समय खर्च गरिन् । एमाले महाधिवेशनको उदघाटनमा श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीको लामो प्रशंसा गरेकी छन् । भ्रष्टाचार मुद्दा लागेकी श्रेष्ठले  ओली देशलाई अनिश्चयबाट बाहिर निकाल्ने नेता भएको बताइन् ।

    पोखराको लिचीबारी जग्गा घोटालामा मुछिएकी पूर्वभूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठलाई भ्रष्टाचारमा मुद्दा नचलाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियारका पदाधिकारीलाई समेत दबाब दिएका थिए । तर लिचीबारी जग्गा घोटालामा उनको प्रत्यक्ष संलग्नता देखिएपछि अख्तियारले रञ्जिता श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ बिगो र सजायको माग गर्दै २२ असोज, २०८२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनको मुद्दाको टुंगो लागेको छैन । रञ्जिता श्रेष्ठलाई मुद्दा हालिएकोमा अख्तियारका पदाधिकारीसँग ओली आक्रोशित भएको स्रोतहरुको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार