Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • तस्करीमा मुछिएका सशस्त्रका एसपी तानिए, इन्स्पेक्टर बिष्टले ब्यापारी भेटे


    मंगलबार, असोज २३ २०८०
    2.9K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी गण नम्बर ७ सिरहाका एसपी प्रमोद भारती तानिएका छन् । भन्सारछली चोरी तस्करी गर्नेहरुलाई संरक्षण दिएको पुष्टि भएपछि उनलाई सशस्त्र मुख्यालयमा तानिएको छ । राजस्व अनुसन्धान विभागले पटक पटक भन्सारछलीका करोडौं मूल्यका कपडा बरामद गरेपछि उनलाई मुख्यालयले तानेको हो । ७ नम्बर गण सिरहाको नयाँ एसपीका रुपमा शिव गरैलार्ई खटाइएको छ ।

    प्रमोद भारतीले सिरहामा घुमुवा परिचालन गरी माडर, ठाडी जस्ता नाकाहरुबाट तस्करहरुलाई लाइन दिएको र राजस्व अनुसन्धान कार्यालय इटहरीले गतहप्ता लगातार भन्सारछलीको कपडा बरामद गरेको समाचार नेपालफेसले प्रकाशित गरेको थियो ।

    एसपी भारतीलाई सशस्त्रको मधेश प्रदेश कार्यालयमा छानबिनका लागि तानिएपछि उनले पुनः फर्किन धेरै प्रयास गरे । माडरका सशस्त्रका डीएसपी रामहरि खड्का पनि बाहिनीमा छानबिनका लागि तानिएका थिए । रामहरि खड्का सशस्त्रका पूर्वएआईजी नारायणबाबु थापाका पीए बसेकाले उनीमार्फत् आइजीपी राजु अर्याललाई भनसुन गराएर फर्किने योजनामा थिए । तर भारतीको त्यो योजना चकनाचुर भएको छ । डीएस्पी खड्कालाई माडरमै फर्काउन पूर्वएआईजी थापा लागिरहेका छन् । थापाले आईजीपी अर्याललाई भनेर उनलाई माडरमै लान खोजिरहेको स्रोत बताउँछ ।

    थापाको अर्यालसँग राम्रो सम्बन्ध भएकाले डीएसपी खड्कासँगसँगै आफू पनि पुनः गणपतिमै फर्किने दाउमा थिए । तर तस्करीका सामान राजस्वले बरामद गरेको र सशस्त्रको प्रतिष्ठामै आँच आउने भएपछि भारतीलाई तानिएको छ ।

    यसैबीच, सिरहाका एसपी भारतीले संगठनको नीति बिपरीत तस्करहरुसँग मिलेमतो गरेको पुष्टि भएपछि सशस्त्र प्रहरी बलको मुख्यालयले इन्स्पेक्टर हरिसिंह बिष्टको कमान्डमा मधेस प्रदेशका ८ वटै जिल्लामा तस्करी नियन्त्रणका लागि टोली खटाएको छ । सशस्त्रले मधेशका ८ वटै गणमा रहेका डिएसपीको कमान्डमा गुल्मलाई बिशेष अलर्ट रहन निर्देशन दिएको छ । तराईमा कार्यरत तस्करीमा मिलेमतो भएका र लामो समय काम गरेका प्रहरीदेखि माथिल्लो दर्जाका कर्मचारीलाई सरुवा गर्ने योजना सशस्त्र प्रहरीले बनाएको छ ।

    यता, मधेश प्रदेशमा तस्करी नियन्त्रणमा मुख्यालयबाट खटिएका इन्स्पेक्टर हरिसिंह बिष्टले भने तस्करसँग कनेक्सन भएका पूर्व चर्चित घुमुवा हवल्दार दिपेश सिंहमार्फत् ब्यापारीलाई भेटेको स्रोतले बताएको छ । धनुषाको खजुरी बीओपीमा कार्यरत रहँदा उनीसँग काम गरेका सशस्त्र प्रहरी हल्दार दिपेश सिंहलाई बोलाएर बिष्टले ब्यापारी भेटेका छन् ।

    धनुषामा घुमुवाका रुपमा कार्यरत रहँदा तस्करसँग सेटिङ गर्ने दिपेश सिंहले बिष्टलाई सबै नाका र ती नाकाबाट सामान ओसारपसार गर्ने ब्यापारीलाई चिनाएर फर्किएका छन् । जनकपुर घर भएका दिपेशले इन्स्पेक्टर बिष्टलाई ब्यपारी चिनाएर ककनी तालिममा फर्र्किएका छन् । दिपेश सिंहको तस्करहरुसँगको कनेक्सन खुलेपछि उनलाई तानिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार