लहान । सिरहाका विभिन्न नाकाबाट भन्सार छलीका सामान भित्रिएको सूचनापछि राजस्व अनुसन्धान कार्यालय इटहरीले विशेष निगरानी बढाएको छ । राजस्वको टोलीले ३ दिनयता एकपछि अर्को भन्सार छलीका सामान बरामद गर्दैआएको छ ।
राजस्व अनुसन्धानको टोलीले सोमबार ३२ लाख मूल्यबराबरको भन्सारछलीको कपडा बरामद गरेको छ । सोमबार बिहान सिरहा नगरपालिका– १५ बुधौराबाट भन्सार छलेर लुकाइराखेको लत्ताकपडा बरामद गरेको छ ।
गएको शनिबार राजस्व अनुसन्धान बिभागको टोलीले सुकसैना नाकाबाट भित्रिएको ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो भने आइतबार तस्करीको कपडा बोकेको ट्रकचोहर्वाबाट नियन्त्रणमा लिएको थियो ।

सिरहाको सशस्त्र प्रहरी गण नम्बर ७ का एसपी प्रमोद भारतीको सेटिङमा दिनेश चौधरी, गोपाल कुर्मीलगायतले भन्सारछलीका कपडा भित्र्याएको स्रोतले बताएको छ । एसपी भारतीका कपडाको कारोबार गर्ने परिवारका सदस्यको समेत संलग्नतामा कपडाको तस्करी भएको समाचार नेपालफेस डटकमले सार्वजनिक गरिसकेको छ ।
राजस्व अनुसन्धान विभागले ३ दिनदेखि लगातार तस्करीका सामान बोकेको ट्रक बरामद गरेपछि एसपी प्रमोद भारती र बोर्डर आउट पोस्ट माडरका प्रमुख डीएसपी रामहरि खड्कालाई सशस्त्र प्रहरीको मधेश प्रदेश बाहिनीले छानबिनका लागि तानेको छ । स्रोतका अनुसार बाहिनीमा तानिएका एसपी भारतीले अझै पनि तस्करीको लाइन दिएका ब्यापारीहरुलाई २–३ दिनमै फर्किने र सबै मिलाउने आश्वासन दिइरहेका छन् ।
सशस्त्रका एसपी भारतीसँग सेटिङ गरी दशैंको मुखमा भारतसँग सीमा जोडएका सिरहाका विभिन्न नाकाबाट ठूलो मात्रामा कपडा लगायतका सामान भन्सारछली गरी भित्र्याएका ब्यापारीहरुले राजस्वले छापा मारेपछि चोहर्वा, गोलबजार, मिर्चैया, लहानका गोदाममा थुपारेर राखेका छन् ।
राजस्वले ठूलो मात्रामा भन्सारछली गरी सामान भित्र्याएको सूचना पाएकाले सुक्ष्म निगरानी गरिरहेको छ । ब्यापारीहरुले गोदाममा भरिभराउ सामान राखेर राजस्वको टोली फर्किएपछि काठमाडौंतर्फ पठाउने योजना बनाएका छन् । राजस्व अनुसन्धानको ध्यान भने ब्यापारीले लुकाएको सामानमा रहेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend