Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • नेदरल्याण्ड्समा गोली प्रहारबाट तीन जनाको हत्या


    शुक्रबार, असोज १२ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेदरल्याण्ड्समा गोली चल्दा तीन जनाको ज्यान गएको छ । पछिल्लो समय युरोपमा गोली प्रहार र छुरा प्रहारका घटना बढेका छन् ।

    नेदरल्याण्ड्सको रोटरडम शहरमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीनजना मारिएका छन् । मारिनेमा ३९ वर्षीया महिला, उनी १४ वर्षकी छोरी र ४३ वर्षीय एक प्राध्यापक छन् ।

    सञ्चारमाध्यमका अनुसार राजधानी एम्स्टर्डमबाट ८० किलोमिटर टाढा रहेको रोटरडमको एउटा फ्ल्याटमा ३२ वर्षीय बन्दुकधारीले गोली चलाएर आमा–छोरीको हत्या गरेका थिए ।

    त्यसपछि उनी नजिकैको स्वास्थ्य केन्द्र इरास्मस मेडिकल सेन्टरमा प्रवेश गरेर अर्का एक व्यक्तिको हत्या गरेका थिए । बन्दुकधारी व्यक्ति अस्पतालसँग सम्बद्ध इरास्मस विश्वविद्यालयका विद्यार्थी रहेको बताइएको छ ।

    प्रहरीले बन्दुकधारीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार