Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इराकको म्यारिज हलमा आगलागी हुँदा एक सय जनाको ज्यान गयो


    बुधबार, असोज १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बुधबार इराकको एक म्यारिज हलमा आगालागी हुँदा एक सय जनाको मृत्यु भएको छ।

    उक्त आगलागी दुर्घटनामा एकसय ५० भन्दा बढी मानिस घाइते भएका छन्।

    दुर्घटनामा बेहुला र बेहुली पनि घाइते भएका छन्। एक अधिकारीका अनुसार इराकको निनेवे प्रान्तको हमदानिया क्षेत्रमा आगलागी भएको हो। अहिलेसम्म आगो लाग्नुको कारण पत्ता लाग्न सकेको छैन।

    केही मिडिया रिपोर्टस्‌का अनुसार आतिसबाजीका कारण हलमा आगो लागेको हो। आगलागी हुँदा यहाँ करिब एक हजार जना सहभागी रहेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार