Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक, दुई विषयमा छलफल गर्ने


    मंगलबार, असोज ९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको बैठक डाकेको छ।

    बुधबार अपराह्न ४ बजे पार्टी कार्यालयमा बैठक बस्ने महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए ।

    ‘भोलि दुई विषयमा छलफल गर्न संयुक्त बैठक बोलाइएको छ। राष्ट्रपतिले गम्भीर प्रकृतिको फौजदारी अपराधमा सजाय काटिरहेका व्यक्तिलाई दिएको माफी र जनआवाज सुन्ने कार्यक्रमको समीक्षाका लागि बैठक बोलाइएको हो,’ उनले भने।

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैदको सजाय काटिरहेका नेपालगञ्जका ‘रिगल’ भनिने योगराज ढकाललाई माफी दिएका थिए।

    त्यसबारे छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गरिने उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार