Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कार्यदलको कार्यदेशबारे पहिले नै सहमति भएको गृहमन्त्री श्रेष्ठकाे दाबी


    सोमबार, असोज ८ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानको लागि छानबिन गर्न आयोग बनाउने र त्यसको कार्यादेश कस्तो हुने भन्ने विषयमा पहिले नै सहमति भइसकेको दाबी गरेका छन् ।

    आज विराटनगरमा प्रेस सेन्टर मोरङले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले यस्तो बताएका हुन् । एमालेले त्यसबेला भएको सहमतिलाई अहिले आएर पालना नगरी अर्को कुरा गरेको उनको आराेप छ ।

    ‘कार्यदेश त पहिले नै तय भइसकेको छ । हामी अहिले के भन्न चाहन्छौँ भने साउन ६ गते उच्चस्तरीय आयोग बनाउने विषयमै सहमति भएको छ । त्यहीबेला कार्यदेशमा सहमति भइसकेको छ,’ श्रेष्ठले भने, ‘प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, कांग्रेसका नेता र राष्ट्रिय पार्टीका सबै नेता बसेर कार्यदल बनेको छ । त्यही कार्यदलमा भएको सहमति अनुसार कार्यादेश बन्ने हो । त्यही अनुसार बन्नुपर्छ भन्ने हाम्रो चाहना हो । एमालेले पहिले आफूले सही गरेको कार्यदेशलाई किन सहमति जनाउनु भएको छैन । त्यो उहाँहरुको कुरा भयो ।’

    उनले सीमानामा चोरी तस्करीमा कडाइ गरेकै कारण राजस्व बढेको दाबी गरे । उनले सुशासनको अभियानलाई निरन्तर अगाडि बढ्ने विषयमा प्राथमिकता निर्धारण गरेर सम्बन्धित निकाय अगाडि बढ्ने पनि बताए ।

    उनले ताप्लेजुङका डीएसपी र उनको परिवारलाई ज्यानमार्ने धम्की दिने प्रदेशसभा सदस्य खगेनसिंह लिम्बूको अभिव्यक्ति गलत भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार