काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज गैंडाका लागि उपयुक्त वातावरण भएको क्षेत्र मानिन्छ। कोसी टप्पु वन्यजन्तु आरक्ष अर्नाका लागि प्रसिद्ध छ। ती स्थानमा नै जन्मे, हुर्के र बढेकाले तिनीहरूको संरक्षण गरिएको छ।
यस्तै शुक्लाफाँटा बारसिंगेका लागि उपयुक्त स्थान हो। तर, पछिल्लो समय एक स्थानका वन्यजन्तुलाई अर्को स्थान सारिने क्रम बढेको छ। तर, ती प्रयास प्रायः असफल देखिन्छन्।
विगत ३६ वर्षको अन्तरालमा चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २ वटा गैंडा लगियो। अहिले त्यहाँ ३८ वटा मात्रै छन्। २०५८ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार र २०७३ मा १० वटा गरी १४ गैंडा सारियो। अहिले बल्ल बढेर १७ मात्रै छ। बर्दियामा बढ्नुको सट्टा उल्टै घट्यो र शुक्लाफाँटामा खासै बढ्न सकेन।
यस्तै शुक्लाफाँटाबाट ल्याइएको बारसिंगे चारवटा र साथै कोसीटप्पुबाट ल्याएको १२ र चिडियाखानाबाट ल्याएको ३ गरेर १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा मरे। उनीहरूलाई त्यो स्थान उपयुक्त भएन। स्थानान्तरणपछि वन्यजन्तुको संख्यामा प्रगति नभएको घटनाक्रमले देखाइरहँदा अहिले चितवन राष्ट्रिय निकुञ्जबाट दुइटा गैंडा कोसी टप्पु वन्यजन्तु आरक्ष लैजाने तयारी गरिएको छ।
माउबाट अलग भएका गैंडाका बच्चा पुष्पा र अञ्जलीलाई स्थानान्तरणको तयारी भइरहँदा संरक्षणकर्मीले नेपालमा वन्यजन्तु स्थानान्तरण सफल नभएको दाबी गरेका छन्। वन्यजन्तु अन्यत्र सार्न उपयुक्त नभएको भन्दै स्थानान्तरणप्रति असन्तुष्टि पोखेका छन्।
उचित अध्ययन र छलफल नगरी भएको स्थानान्तरण सफल नभएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादव बताउँछन्। उनी अहिले गैंडा सार्न नहुने पक्षमा छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend